आइतवार, कार्तिक २९ गते २०८३    

आइतवार, कार्तिक २९ गते २०८३    

छठ : आज अस्ताउँदो सुर्यलाई अर्घ्य दिइँदै

छठ : आज अस्ताउँदो सुर्यलाई अर्घ्य दिइँदै

images
२०८३ कार्तिक २९ गते, आइतवार
२०८३ कार्तिक २९ गते, आइतवार
  • काठमाडौँ। सूर्यदेवको आरधना गरी मनाइने छठ पर्व अन्तर्गत आज साँझ जलाशय किनारमा अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ।

    images

    छठ पर्वको तेस्रो दिन अर्थात मुख्य दिन (आज) लाई सौझकारकका रूपमा मनाइने गरिएको छ। कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शुक्रबारदेखि सुरु भएको हो।

    images

    ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा गुप्तवास सफल होस् भनी सूर्यदेवको आराधना गरिएको थियो। त्यस समयमा पाण्डवहरु विराट राजाको दरबारमा बास बसेको उल्लेख छ। लोककथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो।

    सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन्। फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन्। त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुआत भएको तथ्य सूर्य पुराणमा उल्लेख छ।

    यस्तै अन्तिम दिन भोलि सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्वको विधिवत् समापन गरिन्छ। सो दिनलाई ‘पारन’ भनिन्छ।

    छठ पर्वमा बाँसको ढाकी, डगरी, माटोको कोसिया–कुरबार, हात्ती आदिसहितका सामग्री अर्पण गरिन्छ। त्यस्तै ठेकुवा, भुसुवा, केरा, खाजा, उखु, हल्दी, अदुवा, तरकारी, मिठाई तथा विभिन्न फलफूल प्रसादका रूपमा सूर्यदेवलाई अर्घ्य अर्पण गरिन्छ।

    अर्घ्य दिने ब्रतालुले ४८ घण्टासम्म अन्न र पानी त्यागेर व्रत बस्ने परम्परा छ। त्यसैले छठलाई निष्ठा र कठोर साधनाको पर्व मानिन्छ। 

    अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएर चढाइएको सामग्री प्रसादका रूपमा ग्रहण र वितरण गरिने भएकाले यो पर्व सामाजिक सद्भाव र एकताको प्रतीकका रूपमा पनि लिइन्छ।

    विगत केही वर्षयता छठ पर्वलाई पहाडी क्षेत्रमा समेत हर्सोल्लासका साथ मनाइने गरिएको छ। 

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend