बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

भोटेकोशी बाढी : १३ सय ९९ शव फेला, ४ हजार बढी ब्यक्ति अझै बेपत्ता

भोटेकोशी बाढी : १३ सय ९९ शव फेला, ४ हजार बढी ब्यक्ति अझै बेपत्ता

images
२०८३ भाद्र ३० गते, मंगलवार
२०८३ भाद्र ३० गते, मंगलवार
  • काठमाडौँ। भदौ १० गते आएको विनाशकारी भोटेकोशी बाढीमा परेर हालसम्म १३ सय ९९ जनाको शव फेला परेको छ।

    images

    नेपाल प्रहरीले मंगलबार बिहान ८ बजेसम्म प्राप्त विवरण सार्वजनिक गर्दै विनाशकारी भोटेकोशी बाढीमा परेर हालसम्म१३ सय ९९ जनाको शव फेला परेको र ४ हजार ८९ जना ब्यक्ति बेपत्ता भएको जानकारी दिएको हो।

    images

    प्रहरीका अनुसार फेला परेका शब मध्ये १२ सय ३० शवलाई सुरक्षित ब्यवस्थापन गरिएको छ भने १ सय ३ शव पहिचान भएपछि आफन्तको जिम्मा लगाइएको छ।

    यसैगरी १२ सय ८६ शवबाट डिएनए परिक्षणका लागि डिएनए संकलन गरिएको छ भने १८ सय ८९ जना आफन्तबाट डिएनएको नमुना लिइएको प्रहरीले जानकारी दिएको छ।

    प्रहरीले सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्म ३४ सय ७९ जना नेपाली नागरिक बाढीपछि बेपत्ता भएका छन भने ६१० जना विदेशी नागरिक बेपत्ता छन्।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend