काठमाडौँ। नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज अपराह्न बस्दै छ।
पार्टी केन्द्रीय कार्यालय, सानेपामा आज बस्ने बैठकमा पार्टीको १५औँ महाधिवेशनका बारेमा छलफल हुने कांग्रेस कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी, सदस्य तथा प्रदेश सभापतिलाई अनिवार्य उपस्थित हुन अनुरोध गरिएको छ।
आज बस्ने बैठकमार्फत पार्टी सभापति गगन कुमार थापाले केही केन्द्रीय सदस्यसमेत मनोनीत गर्ने सम्भावना छ।



