बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

नासा कलेजद्वारा बाढीपहिरो पीडितका लागि ५० लाख बराबरको छात्रवृत्तिको घोषणा

नासा कलेजद्वारा बाढीपहिरो पीडितका लागि ५० लाख बराबरको छात्रवृत्तिको घोषणा

images
२०८३ भाद्र २७ गते, शनिवार
२०८३ भाद्र २७ गते, शनिवार
  • काठमाडौँ। राजधानीको तिनकुनेस्थित नासा कलेजले हालैको बाढीपहिरो पिडितहरुको लागि ५० लाख बराबरको छात्रवृत्तिको घोषणा गरेको छ।

    images

    प्रधानमन्त्री राहत कोषमा लगभग तीन लाख बराबर जम्मा गरिसकेको कलेजले प्रत्यक्ष पिडितहरुको लागि पूर्ण छात्रवृत्ति दिने घोषणा गरेको हो।

    images

    कलेजमा रहेका स्टुडेन्ट काउन्सिल एवं बिभिन्न क्लबहरु र शिक्षक तथा कर्मचारीहरु मार्फत छुट्टाछुट्टै पनि सहयोग गरिसकेको उक्त कलेजले थप सहयोगको घोषणा गरिएको जनाएको छ।

    गुणस्तरीय शिक्षाको लागि लोकप्रिय उक्त कलेजले विविधतापूर्ण अतिरिक्त क्रियाकलापहरु, हरेक विद्यार्थीको व्यक्तिगत हेरचाह, उत्प्रेरणा  र मार्गदर्शन, उत्कृष्ट भौतिक पुर्बधार, करिएर गाइडेन्स, अब्बल शिक्षक टिमजस्ता कुराहरुको लागि आफ्नो पृथक पहिचान बनाउन सफल भएको छ।

    कलेजका प्रबन्ध निर्देशक दिपक न्यौपानेले विनासकारी र त्रासदीपूर्ण बाढीका कारण हाल देशले भोगिरहेको विकराल अवस्था र त्यसले दिएको असीम पीडाले सबैलाई चोट परेको बताए।

    उनले शोक र पीडाको यो घडिमा महाबिपत्तीमा परि दिबंगत भएका सम्पूर्ण आत्माको चिरशान्तिको कामनासहित परिवार तथा आफन्तजन गुमाएका परिवारप्रति समबेदनासमेत व्यक्त गरे।

    न्यौपानेले विपद्का कारण कुनै पनि विद्यार्थीको शिक्षा अबरुद्द नहोस भन्ने उद्देश्यले छात्रवृत्ति घोषणा गरिएको बताउँदै प्रभावित विद्यार्थीको शैक्षिक यात्रामा कलेजले निरन्तर सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend