बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनामा सात जनाको शव भेटियो

माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनामा सात जनाको शव भेटियो

images
२०८३ भाद्र २७ गते, शनिवार
२०८३ भाद्र २७ गते, शनिवार
  • काठमाडौँ। भोटेकोशी बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनामा सात जनाको शव फेला परेको छ। 

    images

    नेपाली सेनासहितको संयुक्त उद्धार टोलीले माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनामा सात जनाको शव फेला पारेको हो।

    images

    सुरुङ तथा हेडवक्समा हराइरहेकाहरूको खोजी गर्ने क्रममा शुक्रबार सात जनाको शव फेला परेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले जनाएको छ।

    भदौ १० को बाढीपछि २१६ मेगावाटको माथिल्लो त्रिशूली-१ मा धेरै मानिसहरु हराइरहेका छन्। 

    शुक्रबार नेपाली सेना र आयोनजना प्रवर्द्धक नेपाल वाटर एण्ड इनर्जी डेभपलमेन्ट कम्पनीका सर्भे इन्जिनियरसहितको समूहले अडिट १ को क्षेत्रमा अवलोकन गर्दा डेब्रिज पूर्ण रुपमा भरिएको पाइएको बताएका छन्।

    यसैगरी मैलुङ क्याम्प साइटमा मिनि स्काइभेटरले उत्खनन कार्य सुरु गरिएको छ भने अडिट ३ मा नेपाली सेना र अष्ट्रेलियाली उद्धार समूह खोज तथा उद्धारमा सक्रिय छन्। आजदेखि खोजी कार्यलाई अझ तीब्रता दिने कम्पनीले जनाएको छ। 

    बाढी आउनुअघि आयोजनास्थलमा १ हजार ४३३ जना कार्यरत थिए। ती मध्ये हालसम्म ८ सय ७८ जनाको मात्रै उद्धार भएको बताइएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend