बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

स्वास्थ्य बीमा बोर्डद्वारा सेवा प्रदायक स्वास्थ्य संस्थालाई वैशाखको बक्यौता भुक्तानी

स्वास्थ्य बीमा बोर्डद्वारा सेवा प्रदायक स्वास्थ्य संस्थालाई वैशाखको बक्यौता भुक्तानी

images
२०८३ भाद्र २५ गते, बिहिवार
२०८३ भाद्र २५ गते, बिहिवार
  • काठमाडौं। स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्था तथा अस्पताललाई २ अर्ब १ करोड ४५ लाख ११ हजार ७४० रुपैयाँ भुक्तानी गरेको छ।

    images

    बोर्डले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत सेवा प्रदान गरेका ३८३ स्वास्थ्य संस्थालाई स्वीकृत दाबीबापत उक्त रकम भुक्तानी गरेको हो।

    images

    विवरणअनुसार विभिन्न जिल्लाका सरकारी, निजी  र सामुदायिक अस्पताललाई रकम भुक्तानी गरिएको हो।

    बोर्डको निर्णयअनुसार स्वीकृत दाबी रकममध्ये भुक्तानी हुन बाँकी वैशाखसम्मको रकम सेवा प्रदायक संस्थाको खातामा पठाइएको बोर्डले जनाएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend