काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले बोलाएको मन्त्रीपरिषदको बैठक सुरु भएको छ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, सिंहदरबारमा बैठक सुरु भएको हो।
बैठकमा समसामयिक विषयहरूमा छलफल हुने छ। बैठकमा गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सरकार खोज, उद्धार, उपचार, राहत र प्रभावित मानिसहरूको पुनस्थापनाका बारेमासमेत छलफल हुनेछ।
सोही सन्दर्भमा प्रधानमन्त्री शाहले बाढी प्रभावित क्षेत्रको खोज, उद्धार, राहत र पुनस्थापनालाई थप प्रभावकारी बनाउन र आवश्यक निर्णय गर्न यो बैठक बोलाएको उनको सचिवालयले जानकारी दिएको हो।



