बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

किष्ट अस्पतालमा पाँच वर्षीया बालिकामा आमाको कलेजो प्रत्यारोपण

किष्ट अस्पतालमा पाँच वर्षीया बालिकामा आमाको कलेजो प्रत्यारोपण

images
२०८३ भाद्र २४ गते, बुधवार
२०८३ भाद्र २४ गते, बुधवार
  • ललितपुर। ललितपुरको ग्वार्कोमा रहेको किष्ट अस्पतालमा पाँच वर्षीया बालिकामा आमाको कलेजो प्रत्यारोपण गरिएको छ।

    images

    किस्ट टिचिङ अस्पतालका प्रबन्ध निर्देशक डा अभिषेक थापाले पाँच वर्षीया बालिकामा आमाको कलेजो प्रत्यारोपण गरिएको जानकारी दिए।

    images

    थापाका अनुसार विशेषज्ञ निगरानी पूरा भएपछि बालिकालाई ‘डिस्चार्ज’ गरिएको छ। बालिकाकी ३३ वर्षीया आमाले आफ्नै कलेजोको केही हिस्सा छोरीलाई दान गरेकी हुन्।

    कलेजोको सफल प्रत्यारोपणपछि बालिकाको स्वास्थ्य अवस्था स्थिर तथा सन्तोषजनक रहेको अस्पतालले जनाएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend