मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको सङ्ख्या ७८८ पुग्यो

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको सङ्ख्या ७८८ पुग्यो

images
२०८३ भाद्र १४ गते, आइतवार
२०८३ भाद्र १४ गते, आइतवार
  • काठमाडौँ। रसुवाको भोटेकोशी बाढीमा ज्यान गुमाउनेको सङ्ख्या ७८८ पुगेको छ ।

    images

    नेपाल प्रहरीका अनुसार आइतबार दिउँसो ३ बजेसम्म रसुवामा १३ जना, धादिङमा ५० जना, गोरखामा ५८ जना, नुवाकोटमा ५२ जना, चितवनमा २६४ जना, तनहुँमा ३७ जना, नवलपरासी पूर्वमा १९४ जना र नवलपरासी पश्चिममा १२० जनाको शव फेला परेको छ।

    images

    विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हालसम्म २ हजा ५०२ जना सम्पर्कविहीन छन्। 

    नेपाल प्रहरी २५ जना, नेपाल सेना ४५ जना, सशस्त्र प्रहरी बल नेपाल १३ जना, भन्सार कार्यालयका १५ जना, अध्यागमन कार्यालयका ४ जना, रसुवामा ५६२ जना, नुवाकोटमा ११५ जना, जलविद्युत आयोजनाबाट ९३३ जना, मकवानपुरबाट ६५ जना, विदेशी नागरिक ५९  जना, विदेशी पर्यटकसँग घुम्न गएका १२७ जना, लाङटाङ राष्ट्रिय निकुञ्जबाट ३ र क्वारेन्टाइन कार्यालयबाट ३ जना सम्पर्कविहीन भएका छन्।

    प्राधिकरणका अनुसार हालसम्म ८ हजार ७३० जनाको उद्धार भएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend