मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

त्रिशूली–३ ‘ए’ टनेलमा फसेकालाई छिटो निकालिदिन परिवारले गरे उर्जा मन्त्रीलाई आग्रह

त्रिशूली–३ ‘ए’ टनेलमा फसेकालाई छिटो निकालिदिन परिवारले गरे उर्जा मन्त्रीलाई आग्रह

images
२०८३ भाद्र १४ गते, आइतवार
२०८३ भाद्र १४ गते, आइतवार
  • काठमाडौँ । रसुवा बाढीबाट जलविद्युत् आयोजनाको टनेलमा फसेका व्यक्तिहरुका परिवारले टनेलमा फसेकाहरुलाई छिटो निकालिदिन उर्जा मन्त्रीसँग आग्रह गरेका छन्। समयमै उद्धार कार्य सुरु भएकामा सरकारलाई उनीहरूले धन्यवाद पनि दिए।

    images

    आइतबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय पुगेर उनीहरुले मन्त्री विराज भक्त श्रेष्ठलाई भेटी टनेलमा फसेकाहरुको उद्धारका लागि द्रुत गतिमा भइरहेको उद्धार कार्यका लागि धन्यवाद दिएका हुन्।

    images

    उनीहरुले छिटो सुरुङबाट निकालेर आफ्नो आफन्तलाई काठमाडौँ ल्याइदिन अनुरोध पनि गरे। यस्तै उद्धारका लागि चाहिने आवश्यक उपकरण, अक्सिन पनि पठाउन पनि उनीहरए अनुरोध गरेका छन् । 

    मन्त्री श्रेष्ठले त्रिशूली–३ ‘ए’ हाइड्रो टनेलमा उद्धार कार्य निकै अगाडि बढेको र त्रिशूली–३ ‘बी’ मा पनि विशेषज्ञसहित १८ सदस्यीय सेनाको टोलीले काम सुरु गरेको जानकारी गराएका थिए।

    पीडित परिवारले शनिबार मन्त्री श्रेष्ठलाई भेटी तीनवटा माग राखेका थिए। पहिलो आफ्ना आफन्तको वास्तविक अवस्थाबारे जानकारी दिनुपर्ने, दोस्रो टनेलभित्र अक्सिजन पठाउनुपर्ने, तेस्रो आवश्यक स्रोत साधन र उपकरण परिचालन गर्नुपर्ने माग उनीहरूले राखेका हुन्।

    मागअनुसार टनेलमा ड्रिलिङ गरी अक्सिजन पठाएर खोज तथा उद्धारलाई तीव्रता दिएपछि पीडित परिवारका सदस्य मन्त्रालय आएर मन्त्रीलाई धन्यवाद दिँदै छिटो उद्धार गरेर काठमाडौँ ल्याइदिन अनुरोध गरेका हुन्।

    सो क्रममा मन्त्री श्रेष्ठले फिल्डमा उद्धार टोली परिचालन भइरहेको, आवश्यक सामग्री तयारी अवस्थामा रहेको जानकारी गराएका थिए। पीडित परिवारले आज बेलुकासम्म उनीहरुको अवस्थाबारे जानकारी गराइदिन अनुरोध गरेका थिए।

    'बेलुकासम्म उनीहरुलाई काठमाडौँ ल्याउने वातावरण बनाउन लागिदिनुस्,' उनीहरुले भने। मन्त्री श्रेष्ठले उद्धारका लागि उच्च स्तरमा समन्वय भइरहेको भन्दै छिटै सुखद परिणाम आउने विश्वास दिलाएका थिए।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend