मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

बाढीग्रस्त क्षेत्रमा काठमाडौं महानगरपालिकाले ४ वटा शव वाहन पठायो

बाढीग्रस्त क्षेत्रमा काठमाडौं महानगरपालिकाले ४ वटा शव वाहन पठायो

images
२०८३ भाद्र १३ गते, शनिवार
२०८३ भाद्र १३ गते, शनिवार
  • काठमाडौँ। काठमाडौँ महानगरपालिकाले बाढी ग्रस्त क्षेत्र नुवाकोटमा ४ वटा शव वाहन पठाएछ।

    images

    शनिबार नुवाकोट पठाइएका ४ वटा शव वाहनमध्ये एउटाले ५ वटा शव बोकेर फर्किँदैछ। सो एम्बुलेन्स त्रिशुली सैनिक तालिम केन्द्रबाट ४ जना पुरुष र १ जना महिलाको शव लिएर फर्किएको हो। यसरी ल्याइएका शवहरु त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा बुझाइनेछ।

    images

    सूर्य विनायक नगरपालिका, छत्रपाटी निःशुल्क चिकित्सालय, मनमोहन मेमोरियल कलेज तथा शिक्षण अस्पताल र भक्तपुर क्यान्सर अस्पतालसँग समन्वय गरेर महानगरपालिकाले शववाहनहरु परिचालन गरेको हो।

    हरेक शव वाहनमा १ जना नगर प्रहरी खटाइएको महानगरपालिकाले जनाएको छ।

    ४ करोड ५४ लाख १४ हजार रुपियाँ प्रदान गरिने

    काठमाडौँ महानगरपालिकाले रसुवा भोटेकोशी बाढीजन्य विपद व्यवस्थापन गर्न ४ करोड ५४ लाख १४ हजार ७ सय ८७ रुपियाँ सहयोग गर्ने भएको छ।

    भोटेकोशी बाढीबाट पुगेको क्षति व्यवस्थापनमा महानगरपालिकाको सहयोगका विषयमा छलफल गर्न आज बोलाइएको ५७ औँ कार्यपालिकाको बैठकले खाद्यान्न, लत्ता कपडा, इन्डक्सन सहित भाडावर्तन, पिउने पानी, त्रिपाल, कम्बल, सिलिन्डर, एम्बुलेन्स, यातायातका साधन, शववाहन, एक्साभेटर, जेट मेसिन लगायतका साधन र सामग्री तथा आवश्यकता अनुसारका जनशक्ति व्यवस्थापन गर्न विपद् व्यवस्थापन समितिलाई जिम्मेवारी दिने निर्णय गरेको हो।

    सहयोग रकममध्ये महानगर विपद व्यवस्थापन कोषबाट ३ करोड रुपियाँ प्रदान हुनेछ। बाँकी रकम, कार्यपालिका सदस्यहरुको १ महिनाको सुविधाबाट प्राप्त हुने रकम, वडा सदस्यहरुको ५ दिनको सुविधा रकम प्रदान हुनेछ।

    यसैगरी शहरी योजना आयोगका उपाध्यक्ष, सदस्य तथा सहायक विज्ञको ७ दिन बराबरको पारिश्रमिक तथा सुविधा रकम, महानगरपालिकामा कार्यरत अधिकृत स्तरका कर्मचारीहरुको ७ दिन बराबरको पारिश्रमिक रकम, सहायक स्तरका कर्मचारीको ५ दिन बराबरको पारिश्रमिक रकम, श्रेणीविहिन कर्मचारीको २ दिन बराबरको पारिश्रमिक रकमबाट सहयोग प्रदान हुने महानगरले जनाएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend