काठमाडौँ। गत बुधबार रसुवामा चीन तर्फबाट आएको बाढीमा परेर ज्यान गुमाउनेको संख्या शनिबार बिहान १० बजेसम्म ६२६ पुगेको छ।
नेपाल प्रहरीले सार्वजनिक गरेको शनिबार बिहान १० बजेसम्मको पछिल्लो तथ्यांकअनुसार रसुवा बाढीमा परेर हालसम्म ६२६ जनाको मृत्यु भएको हो।
जसअनुसार रसुवामा १३, नुवाकोटमा ५१, धादिङमा ४५, गोरखामा ४८, नवलपरासी पूर्वमा १५८, नवलपरासी पश्चिममा ४७ , तनहुँमा ३१ र चितवनमा २३३ जनाको शव फेला परेको हो।
यसैगरी हालसम्म २४ सय २६ जना बेपत्ता रहेको जानकारी प्रहरीले सार्वजनिक गरेको छ। जसमा नेपाल प्रहरीका २७ जना कर्मचारी छन् भने नेपाली सेनाका ४५, सशस्त्रका १३, भन्सार कार्यालयका १५, अध्यागमन कार्यालयका ४ जना छन्।
यसैगरी हालसम्म ४५ सय ५१ जनाको उद्धार गरिएको छ। जसमा १२९ जना विदेशी नागरिक समेत छन्।
अझैपनि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी गरि १५ हजार २२४ जना सुरक्षाकर्मी बाढीमा फसेकाहरुको उद्धार गर्न लागि परेका छन् भने शव संकलनको काम पनि तिव्र पारिएको छ।



