काठमाडौँ। गत बुधबार रसुवामा चीन तर्फबाट आएको बाढीमा परेर ज्यान गुमाउनेको संख्या ५४७ पुगेको छ।
नेपाल प्रहरीले सार्वजनिक गरेको बिहीबार दिउँसो ३ बजेसम्मको पछिल्लो तथ्यांकअनुसार रसुवा बाढीमा परेर हालसम्म ५४७ जनाको मृत्यु भएको हो।
जसअनुसार रसुवामा १३, नुवाकोटमा ३८, धादिङमा ४०, गोरखामा ४४, नवलपरासी पूर्वमा १३४, नवलपरासी पश्चिममा २८, तनहुँमा २९ र चितवनमा २२१ जनाको शव फेला परेको हो।
यसैगरी हालसम्म १४ सय ७३ जना घाइतेको उद्धार गरिएको प्रहरीले जनाएको छ। हालसम्म बाढीमा परेर २७ जना प्रहरी बेपत्ता छन्।
अझैपनि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली बाढीमा फसेकाहरुको उद्धार गर्न लागिपरेको छ भने शव संकलनको काम पनि तिव्र पारिएको छ।



