मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

जनस्वास्थ्य कार्यालय काठमाडौँमा स्तनपान कक्ष स्थापना

जनस्वास्थ्य कार्यालय काठमाडौँमा स्तनपान कक्ष स्थापना

images
२०८३ श्रावण २३ गते, शनिवार
२०८३ श्रावण २३ गते, शनिवार
  • काठमाडौँ। जनस्वास्थ्य कार्यालय काठमाडौँको टेकुस्थित कार्यालयमा स्तनपान कक्ष स्थापना गरिएको छ।

    images

    १–७ अगस्टमा विश्वभर स्तनपान सप्ताह मनाइएको छ। उक्त अवसर पारेर टेकुस्थित कार्यालयमा स्तनपान कक्ष स्थापना गरिएको हो। ‘दिगो जीवनको स्वस्थ सुरुवातः प्रभावकारी स्तनपानको लागि सबैको साथ’ भन्ने मुल नाराका साथ यस वर्षको स्तनपान सप्ताह विभिन्न कार्यक्रम गरि मनाइएको छ।

    images

    सो स्तनपान कक्ष जनस्वास्थ्य कार्यालय काठमाडौँका कर्मचारीसहित काठमाडौँ जिल्लाका ११ वटै स्थानीय तहका स्वास्थ्यकर्मीहरुका लागि खुला हुनेछ।

    ‘दिगो जीवनको स्वस्थ सुरुवातः प्रभावकारी स्तनपानको लागि सबैको साथ’ भन्ने मूल नाराका साथ यस वर्ष नेपालमा पनि स्तनपान सप्ताह विभिन्न कार्यक्रम गरी मनाइएको छ।

    स्तनपान सप्ताहको शुक्रबार समापन गरिएको हो। समापन कार्यक्रममा जनस्वास्थ्य कार्यालय, काठमाडौँले स्तनपान सम्बर्द्धनका लागि अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न गरेको छ। 

    अभिमुखीकरणमा विभिन्न सञ्चारगृहमा आबद्ध नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाका करिब दुई दर्जन पत्रकारहरूको सहभागिता रहेको थियो।

    कार्यक्रममा स्वास्थ्य सेवा विभागका वरिष्ठ जनस्वास्थ्य प्रशासक तथा पोषण शाखा प्रमुख लीला विक्रम थापाले स्तनपान प्रवर्द्धनका लागि सरकारले गरिरहेका कामहरूको सम्बन्धमा जानकारी गराएका थिए भने उनले थापाथलीस्थित प्रसुतिगृहमा २०६९ सालदेखि ब्रेस्ट मिल्क बैंक स्थापना भएको भन्दै यस वर्ष चितवनस्थित भरतपुर अस्पतालमा पनि स्थापना हुने जानकारी दिए। उनले स्तनपानको प्रवर्द्धनमा नेपाल सरकारले जोड दिइरहेको उल्लेख गरे।

    कार्यक्रममा जनस्वास्थ्य कार्यालय काठमाडौँकी जनस्वास्थ्य अधिकृत अनिता खनालले नेपालमा स्तनपानको अवस्थाबारे जानकारी गराएकी थिइन्। सो क्रममा उनले स्तनपान प्रवर्द्धनमा गरिने खर्च नभई लगानी भएको बताइन्।

    खनालले सुनौलो हजार दिनका आमा र बच्चालाई विशेष महत्वका साथ ध्यान दिनुपर्ने भन्दै स्तनपानले बच्चाको शारीरिक र मानसिक विकासका साथै भविष्यमा हुनसक्ने नसर्ने रोगमा कमी आउने बताइन्।

    उनले शिक्षा नभएकाहरूले भन्दा उच्च शिक्षा भएकाहरूले नै स्तनपान नगराई दुध दानीबाट दूध खुवाउने गर्नु चिन्ताको विषय भएको उल्लेख गरिन्। जनस्वास्थ्य कार्यालय काठमाडौँले आमाको दूधलाई प्रतिस्थापन गर्ने बस्तुको बिक्री वितरणमा अनुगमन गर्दै आएको उनले जानकारी दिइन्।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend