काठमाडौँ। शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको निर्देशकमा प्राडा आशिष गोविन्द अमात्य नियुक्त भएका छन्।
वरिष्ठ एनेस्थेसियोलोजिस्ट प्राडा अमात्यलाई शुक्रबार नै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले मन्त्रीस्तरीय निर्णय गर्दै केन्द्रको निर्देशकको जिम्मेवारी दिएकी हुन्।
उनी लामो समयदेखि केन्द्रमै कार्यरत थिए। मुटुरोग शल्यक्रियासम्बन्धी एनेस्थेसिया सेवामा उनी अनुभवी चिकित्सक मानिन्छन्।
नियुक्तिपछि डा.अमात्यले शुक्रबार नै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री मेहेतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।



