मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

नर्सिङ काउन्सिलको अध्यक्षमा सकुन्तला प्रजापति नियुक्त, उपाध्यक्ष र रजिस्ट्रारमा को?

नर्सिङ काउन्सिलको अध्यक्षमा सकुन्तला प्रजापति नियुक्त, उपाध्यक्ष र रजिस्ट्रारमा को?

images
२०८३ श्रावण २१ गते, बिहिवार
२०८३ श्रावण २१ गते, बिहिवार
  • काठमाडौं। नेपाल नर्सिङ काउन्सिलले नयाँ नेतृत्व पाएको छ।

    images

    सरकारले काउन्सिलको अध्यक्षमा सकुन्तला प्रजापतिलाई नियुक्त गरेको हो।

    images

    यसैगरी काउन्सिलको उपाध्यक्षमा बिमला कुमारी साह र रजिस्ट्रारमा पार्वती विष्टलाई नियुक्त गरिएको छ।

    नवनियुक्त अध्यक्ष,उपाध्यक्ष र रजिस्ट्रारले बिहीबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

    अध्यक्ष नियुक्त प्रजापतिले यसअघि नेपाल नर्सिङ परिषद्को निमित्त निर्देशकको जिम्मेवारी समेत सम्हालीसकेकी छिन्।

    बिहीबार शपथग्रहण गरेका उनीहरूले नेपाल नर्सिङ काउन्सिलको जिम्मेवारी औपचारिक रूपमा सम्हालेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend