मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

रेबिजविरुद्धको खोप सातै प्रदेशमा पठाउन सुरु

रेबिजविरुद्धको खोप सातै प्रदेशमा पठाउन सुरु

images
२०८३ श्रावण २० गते, बुधवार
२०८३ श्रावण २० गते, बुधवार
  • काठमाडौँ। रेबिजविरुद्धको खोप (एन्टि–रेबिज भ्याक्सिन–एआरभी) अभाव देशब्यापी रुपमा चुलिएको गुनासो आइरहेका बेला सरकारले सो खोप सातै प्रदेशमा पठाउन सुरु गरेको छ।

    images

    स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा(ईडीसीडी) ले रेबिजविरुद्धको सो खोप सातै प्रदेशमा पठाउन सुरु गरेको हो। यो खोप विभागले नियमित खोप खरिद प्रक्रिया अन्तर्गत किनेर ल्याएको हो।

    images

    महाशाखाले बुधबार जारी गरेको सूचनामा खोप आवश्यकताका आधारमा प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रहरूमा वितरण गरिने उल्लेख छ। त्यहाँबाट सम्बन्धित स्वास्थ्य संस्थामा खोप उपलब्ध गराउने व्यवस्था मिलाइने छ।

    महाशाखाले प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र तथा सम्बन्धित निकायसँग निरन्तर समन्वय गरी खोपको शीघ्र वितरण र सहज उपलब्धता सुनिश्चित गर्न आवश्यक व्यवस्था मिलाइरहेको जनाएको छ।

    महाशाखाले कुकुर, बिरालो वा अन्य रेबिज सङ्क्रमित जनावरले टोकेको वा चिथोरेको अवस्थामा घाउलाई तुरुन्तै साबुनपानीले कम्तीमा १५ मिनेटसम्म राम्ररी धुन र यथाशीघ्र नजिकको स्वास्थ्य संस्थामा पुगेर स्वास्थ्यकर्मीको सल्लाहअनुसार आवश्यक उपचार तथा खोप लिन आग्रह गरेको छ।

    यसैगरी महाशाखाले रेबिज लक्षण देखिनुअघि समयमै उपचार र खोप लगाए पूर्ण रूपमा रोकथाम गर्न सकिने भए पनि लक्षण देखिएपछि अधिकांश अवस्थामा ज्यान जान सक्ने भएकाले कुनै पनि लापरबाही नगर्न सर्वसाधारणलाई अनुरोध पनि गरेको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend