मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

भेटेनरी अस्पतालका प्रमुख विरुद्ध घुस मागेको अभियोगमा भ्रष्टाचार मुद्दा

भेटेनरी अस्पतालका प्रमुख विरुद्ध घुस मागेको अभियोगमा भ्रष्टाचार मुद्दा

images
२०८३ श्रावण २० गते, बुधवार
२०८३ श्रावण २० गते, बुधवार
  • काठमाडौँ। सप्तरीको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, राजविराजका कार्यालय प्रमुख डा. रामपवित्र दाससहित दुई जनाविरुद्ध गैरकानुनी घुस रकम मागेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।

    images

    अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार खोप कार्यक्रम सम्पन्न गर्न नियुक्त गरिएका भ्याक्सिनेटरहरूलाई कानुन बमोजिम पाउनुपर्ने पारिश्रमिक रकम भुक्तानी दिने क्रममा २० प्रतिशत रकम घुस मागेको पुष्टि भएपछि मुद्दा दायर गरिएको हो।

    images

    कार्यालय प्रमुख डा. दासले सवारी चालक भोगेन्द्र यादवसँगको मिलेमतो तथा योजनामा भुक्तानी रकमको कम्तीमा २० प्रतिशत रकम घुस चाहिने भनी मोलमोलाइ गरी सेवाग्राहीलाई बाध्यतामा पारेको आयोगको अनुसन्धानबाट खुलेको छ।

    आयोगले एक लाख ३२ हजार ३५० रुपियाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सजाय र जरिवानाको मागदाबीसहित बुधबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको जनाएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend