मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

भक्तपुर अस्पतालको आईसीयू कक्षमा तोडफोड गर्ने एकजना पक्राउ

भक्तपुर अस्पतालको आईसीयू कक्षमा तोडफोड गर्ने एकजना पक्राउ

images
२०८३ श्रावण १९ गते, मंगलवार
२०८३ श्रावण १९ गते, मंगलवार
  • भक्तपुर। भक्तपुर अस्पतालको इमर्जेन्सी तथा आईसीयू कक्षमा तोडफोड तथा स्वास्थ्यकर्मीमाथि आक्रमण गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

    images

    जिल्ला प्रहरी परिसर भक्तपुरले दिएको जानकारी काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–५ निवासी ३४ वर्षीया जानकी तामाङलाई प्रहरीले पक्राउ गरेको हो।

    images

    गत साउन १३ गते भक्तपुर अस्पतालको इमर्जेन्सी तथा आईसीयू कक्षमा भएको तोडफोड र स्वास्थ्यकर्मीमाथि आक्रमणको घटनामा संलग्न रहेको आरोपमा तामाङलाई नियन्त्रणमा लिइएको हो।

    उनीविरुद्ध स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी कसुर अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपककुमार कार्कीले जानकारी दिए ।

    प्रहरीको अनुसार साउन १८ गते जिल्ला अदालत भक्तपुरबाट पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति प्राप्त भएको छ। अदालतको अनुमति पश्चात घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले प्रेस विज्ञप्तीमार्फत् जानकारी गराएको छ।

    स्वास्थ्य संस्थामा भएको तोडफोड तथा स्वास्थ्यकर्मीमाथि आक्रमणको घटनाबारे थप तथ्य संकलन र कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend