मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

देशका ५ स्थानमा प्राथमिक उपचार प्रशिक्षण तालिम, १२२ जना प्रशिक्षित

देशका ५ स्थानमा प्राथमिक उपचार प्रशिक्षण तालिम, १२२ जना प्रशिक्षित

images
२०८३ श्रावण १८ गते, सोमवार
२०८३ श्रावण १८ गते, सोमवार
  • काठमाडौं। नेपाल रेडक्रस सोसाइटी स्वास्थ्य सेवा विभाग प्राथमिक उपचार महाशाखाले देशका विभिन्न ५ स्थानमा प्राथमिक उपचार प्रशिक्षण तालिम आयोजना गरेको छ।

    images

    युएनडिपी नेपालसँगको सहकार्यमा नेपाल रेडक्रस सोसाइटी स्वास्थ्य सेवा विभाग प्राथमिक उपचार महाशाखाले देशका विभिन्न ५ स्थानमा प्राथमिक उपचार प्रशिक्षण तालिम सम्पन्न गरेको हो।

    images

    गत जेठ ७ गतेदेखि साउन १४ गतेसम्म विभिन्न मितिमा सञ्चालित तालिमबाट सुर्खेतमा १९ जना, जनकपुरमा २२ जना, काठमाडौँमा २३ जना, धनगढीमा २२ जना र पोखरामा १६ जना गरी ५ वटा प्रशिक्षणमार्फत १२२ जनालाई प्रशिक्षित गरिएको छ।

    यसैगरी स्वीस कन्ट्याक्ट अफिसका कर्मचारीहरू १०१ जनाका लागि दुई चरणमा एक दिने प्राथमिक उपचार प्रशिक्षण सम्पन्न भएको नेरेसोले जनाएको छ।

    युएनडिपी नेपालसँगको सहकार्यमा सञ्चालित सो प्रशिक्षणमा नेपाल रेडक्रस सोसाइटीको केन्द्र, प्रदेश र जिल्ला शाखाका प्रशिक्षकहरू परिचालित भएका थिए भने स्वीस कन्ट्याक्टसँगको सहकार्यमा भएको प्रशिक्षणमा काठमाडौ, ललितपुर र भक्तपुरका प्रशिक्षकहरू परिचालित भएका थिए।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend