काठमाडौँ। अनसनरत नर्स ज्योति रानाभाटको प्रतिनिधिसँग स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा वार्ता सुरु भएको छ।
वार्तामा ज्योति रानाभाटको तर्फबाट जीता बराल, कल्पना रिजाल, कविता सिटौला र इन्द्रप्रसाद अर्याल सहभागी छन्।
मन्त्रालयको तर्फबाट स्वास्थ सचिव डा. विकास देवकोटासहित, अतिरिक्त सचिव, मन्त्रीका प्रमुख सल्लाहकार र कानुन शाखाका प्रतिनिधिहरू सहभागी छन्।
वार्तामा रानाभाटले उठाउँदै आएका मागहरूबारे सहमतिमार्फत समाधान खोज्ने विषयमा छलफल भइरहेको स्वास्थ्य मन्त्री निशा मेहताको सचिवालयले जनाएको छ।



