मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

विपद्का ४६ दिन : ९१३ घटना, ३६ जनाको मृत्यु

विपद्का ४६ दिन : ९१३ घटना, ३६ जनाको मृत्यु

images
२०८३ श्रावण १६ गते, शनिवार
२०८३ श्रावण १६ गते, शनिवार
  • काठमाडौँ। नेपालमा मनसुनजन्य विपद्का घटनामा परेर ४६ दिनमा ३६ जनाको मृत्युु भएको छ।

    images

    यस वर्ष नेपालमा असार ५ गते मनसुन भित्रिएको थियो।मनसुन प्रवेश गरेयता साउन १४ गतेसम्म भएका विपद्का घटना, मानवीय तथा भौतिक क्षतिको विवरण अनुसार ४७ दिनमा ९१३ घटना हुँदा ३६ जनाको मृत्यु भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा ब्यवस्थापन प्राधिकरणले जनाएको छ।

    images

    प्राधिकरणका अनुसार यस अवधिमा ठूला नदीमा बाढीका विपद्जन्य ठूला घटना भएका छैनन्। तथापि, केही आकस्मिक बाढीका घटनाले डोल्पा र संखुवासभामा मानवीय तथा भौतिक क्षति हुन पुगेको छ।

    प्राधिकरणका अनुसार यस बिचमा विपदका घटनामा परेर तीनजना बेपत्ता भएका छन् भने ८४ जना घाइते भएका छन्। हालसम्म १ हजार ८९ परिवार प्रभावित भएका छन्। हालसम्म भएका घटना एवं प्रतिकार्य प्रयासहरुको समीक्षा गर्दै शुक्रबार यो तथ्यांक सार्वजनिक गरिएको हो।

    विपद्सँग सम्बन्धित मन्त्रालय, सहयोगी निकाय, विभाग, सुरक्षा निकाय, निजी क्षेत्र, संचारसम्बन्धी संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा यस वर्षको मनसुनको पहिलो समीक्षा गरिएको हो।

    प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीको अध्यक्षतामा भएको बैठकका क्रममा सबै निकाय मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजनाअनुसार क्रियाशील भएको र हालसम्म पूर्वतयारी र प्रतिकार्य सन्तोषजनक भएको समीक्षा गरिएको थियो।

    जल तथा मौसम विज्ञान विभागका अनुसार यस अवधिमा मनसुन अवधिमा पर्ने कूल सरदर वर्षाको ३९.७ प्रतिशत वर्षा भएको छ। 

     

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend