मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

स्वास्थ्य मन्त्रालयको प्रशासनिक संरचना एकीकृत गरिँदै, सचिव देवकोटा नयाँ कार्यकक्षमा स्थानान्तरण

स्वास्थ्य मन्त्रालयको प्रशासनिक संरचना एकीकृत गरिँदै, सचिव देवकोटा नयाँ कार्यकक्षमा स्थानान्तरण

images
२०८३ श्रावण १३ गते, बुधवार
२०८३ श्रावण १३ गते, बुधवार
  • काठमाडौं। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले प्रशासनिक समन्वय र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यले छरिएर रहेका आफ्ना संरचनालाई एउटै स्थानमा केन्द्रित गर्ने प्रक्रिया अघि बढाएको छ।

    images

    गत भदौ २३ र २४ गते भएको 'जेन जी' आन्दोलनका क्रममा रामशाहपथस्थित मन्त्रालयको मुख्य भवन आगलागीबाट पूर्णरूपमा जलेर नष्ट भएपछि मन्त्रालयले अस्थायी संरचनाबाट सेवा दिँदै आएको थियो।

    images

    घटनालगत्तै सिंहदरबारभित्र नेपाली सेनाको खाली जग्गामा प्रिफ्याब क्याबिनहरू निर्माण गरी सचिवसहित विभिन्न महाशाखाहरू सञ्चालनमा ल्याइएको थियो। यद्यपि, मन्त्रीको कार्यकक्ष भने भूमि, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको भवनमा राखिएको थियो। मन्त्री र कर्मचारी फरक-फरक स्थानमा रहँदा कार्यसम्पादन र समन्वयमा कठिनाइ हुँदै आएको थियो।

    यसै असहजतालाई सम्बोधन गर्दै मन्त्रालयले हाल भूमि, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको भवनको दोस्रो र तेस्रो तलामा आफ्नो प्रशासनिक संरचना व्यवस्थापन गरेको छ।

    यसै क्रममा मन्त्रालयका सचिव डा. विकास देवकोटा सोही भवनमा स्थानान्तरण भएका हुन्। मन्त्रीको सचिवालय रहेको भवनकै माथिल्लो तलामा सचिवको नयाँ कार्यकक्ष व्यवस्थापन गरिएको मन्त्रालयले जनाएको छ।

    मन्त्रालयका अनुसार सचिवसँगै सचिवालयसँग सम्बन्धित अन्य शाखा तथा महाशाखाहरूलाई पनि चरणबद्ध रूपमा सोही भवनमा स्थानान्तरण गर्ने कार्य भइरहेको छ।

    विगत एक वर्षदेखि विभिन्न स्थानबाट सञ्चालन हुँदै आएका मन्त्रालयका प्रशासनिक एकाइहरू एउटै भवनमा एकीकृत भएपछि आन्तरिक समन्वय, निर्णय प्रक्रिया र समग्र सेवा प्रवाह थप सहज र प्रभावकारी हुने अपेक्षा मन्त्रालयले राखेको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend