मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

आर्थिक वर्ष २०८२/०८३ मा ४ लाख बढी युनिट रगत तथा रक्ततत्त्व बिरामीलाई उपलब्ध

आर्थिक वर्ष २०८२/०८३ मा ४ लाख बढी युनिट रगत तथा रक्ततत्त्व बिरामीलाई उपलब्ध

images
२०८३ श्रावण १३ गते, बुधवार
२०८३ श्रावण १३ गते, बुधवार
  • काठमाडौँ। नेपाल रेडक्रस सोसाइटी (नेरेसो) ले गत आर्थिक वर्ष २०८२/०८३ मा ४ लाख भन्दा बढी युनिट रगत तथा रक्ततत्त्व बिरामीलाई उपलब्ध गराएको छ।

    images

    नेपाल रेडक्रस सोसाइटी (नेरेसो) रक्तसञ्चार सेवाको ६१औँ स्थापना दिवसका अवसरमा बुधबार आयोजित एक कार्यक्रममार्फत यो वर्ष प्रदान गरेको सेवाको प्रतिवेदन सार्वजनिक गर्दै सो जानकारी दिइएको हो।

    images

    प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८२/०८३ मा नेरेसोबाट सञ्चालित एकाइ तथा सेवा केन्द्रबाट २ लाख ९१ हजार ३१९ युनिट रगत संकलन र ४ लाख ४ हजार ५७९ युनिट रगत तथा रक्ततत्त्व बिरामीलाई उपलब्ध गराइएको छ।

    आर्थिक वर्ष २०८१/०८२ मा भने सोसाइटीले देशभरीमा २ लाख ९४ हजार ८४८ युनिट रगत सङ्कलन गरी ४ लाख २ हजार ५१० युनिट रगत र रक्ततत्त्व वितरण भएको जनाएको छ।

    सोसाइटीले चालू आर्थिक वर्षमा पनि विरामीको आवश्यकताअनुरूप रगत संकलन गरी गुणस्तरीय सेवा पुर्याउने लक्ष्य राखेको छ।

    नेपाल रेडक्रस सोसाइटी (नेरेसो) स्थापना भएको तीन वर्षपछि अर्थात् वि.सं २०२३ साल साउन १२ गते नेपाल रेडक्रस रक्तसञ्चार सेवा केन्द्रको सञ्चालन प्रारम्भ भएको थियो। प्रारम्भमा काठमाडौँमा मात्र सञ्चालित यस केन्द्रले एक वर्षको अवधिमा जम्मा १५७ युनिट मात्र रगत सङ्कलन गरेको थियो।

    सुरूका दिनहरूमा रगतको किनबेच गर्ने पेशेवर व्यक्तिहरूबाटसमेत रगत सङ्कलन गर्ने गरिएकोमा २०३९/४० देखि त्यस्ता व्यक्तिहरूबाट रगत नलिइ स्वयंसेवी रगतदाताहरूको सङ्ख्यामा वृद्धि गरी रगत सङ्कलन गर्न थालिएको हो ।

    भृकुटीमण्डपमा समारोह

    यसैबीच नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार सेवा भृकुटीमण्डपमा मूल समारोहको आयोजना गरिएको छ। मूल समारोहमा वर्षभरी रक्तदान गर्ने सङ्घसंस्थाहरूलाई सम्मान गरिएको थियो।

    कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल रेडक्रस सोसाइटीको तदर्थ समितिका अध्यक्ष डा.विशाल कुमार भण्डारीले रक्तदाता तथा रक्तदान कार्यक्रम आयोजना गर्ने सङ्घसंस्थाहरूलाई धन्वयाद व्यक्त गरे।

    उनले नेपाल सरकारले तोकेका सबै मापदण्ड पूरा गर्दै विरामीका लागि गुणस्तरीय र सर्वसुलभ रूपमा रगत तथा रक्ततत्त्व उपलब्ध गराउनेमा नेपाल रेडक्रस सोसाइटी प्रतिवद्ध रहेको बताए।

    नेपाल रेडक्रस सोसाइटीका महामन्त्री ऋषिरमण खनालले रक्तसञ्चारका क्षेत्रमा युवाहरूको साथ सहयोगको प्रंशसा गरे। रक्तदानको महत्त्वका बारेमा थप प्रचारप्रसार गरी अझै रक्तदानका क्षेत्रमा युवा सहभागिता बढाउनुपर्नेमा उनले जोड दिए।

    रगत आवश्यक पर्ने विरामीको जीवन बचाउने महान कार्यमा लाग्ने सबैमा धन्यवाद व्यक्त गर्दै रेडक्रसको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी) का नेपाल प्रमुख डेभिड फिसरले रक्तसञ्चार सेवा अब डिजिटल भएकोमा खुसी व्यक्त गरे।

    व्लड डोनर एशोसियसन नेपालका अध्यक्ष राजेश श्रेष्ठले सहज रगतको व्यवस्थापनका लागि लागि नेपाल रेडक्रस सोसाइटीसँग समन्वयमा काम गरिरहेको बताउँदै रगतको गुणस्तरीयतालगायतको विषयमा नेपाल सरकार र नेपाल रेडक्रस सोसाइटीले निगरानी, अनुगमनजस्ता कार्य गर्नुपर्नेमा जोड दिए।

    कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवाले यो वर्ष प्रदान गरेको सेवाको प्रतिवेदन केन्द्रीय रक्तसञ्चार सेवाका उपनिर्देशक डाक्टर प्रकाश कुमार यादवले प्रस्तुत गरेका थिए।

     

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend