मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

आज पनि देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द

आज पनि देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द

images
२०८३ श्रावण १३ गते, बुधवार
२०८३ श्रावण १३ गते, बुधवार
  • काठमाडौँ। नेपाल चिकित्सक संघले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको कुटपिट तथा अभद्र ब्यवहारको विरोधमा आज पनि देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्दको घोषणा गरेको छ।

    images

    संघको मंगलबार बसेको केन्द्रीय कार्यसमितिसँगै पूर्व पदाधिकारी तथा सरोकारवाला निकायको संयुक्त बैठकले बुधबार (आज) देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो।

    images

    गत साउन ९ गते वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत एक बिरामीको मृत्युु भएपछि अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि कुटपिट र अस्पतालमा तोडफोड भएको थियो।

    सो घटनामा अस्पतालमा कार्यरत पाँच जना चिकित्सक घाइते भएका थिए। घाइते मध्येका डा. प्रमोद रामको अवस्था गम्भीर भएपछि थप उपचारका लागि काठमाडौँ ल्याइएको थियो। उनको घाँटी र टाकोमा चोट छ भने ट्रमा सेन्टरमा उपचार जारी छ।

    संघले घटनामा संलग्न दोषीलाई कानून बमोजिम कार्वाही गर्न माग गरेको भए पनि स्थानीय प्रशासनले उदाशिनता देखाएको भन्दै आन्दोलनको घोषणा गरेको हो। घटनाको ४ दिन वितिसक्दा समेत दोषीलाई कानून बमोजिम मुद्दा दायर गरी कारबाही गर्नुको साटो पीडित चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि उल्टै दमन गरेको संघको आरोप छ।

    संघले वार्तामा गएकाचिकित्सक तथा स्वास्थ्यकर्मीमाथि पर्साका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले दुर्ब्यवहार गरेको समेत आरोप समेत लगाएको छ।

    संघले आन्दोलनका कार्यक्रम अन्तर्गत नै बुधबार विहान १० बजे माइतीघर मण्डलामा काठमाडौँ उपत्यकामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरु भेला भई घटनाको विरोध गर्ने तथा काठमाडौ उपत्यका बाहिर सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने र आफू कार्यरत कार्यालयमा धर्ना दिने कार्यक्रम रहेको जनाएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend