मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

सुनसरी घटनाका घाइते भेट्न विराटनगर पुगिन स्वास्थ्यमन्त्री

सुनसरी घटनाका घाइते भेट्न विराटनगर पुगिन स्वास्थ्यमन्त्री

images
एक्सरे नेपाल
२०८३ श्रावण १२ गते, मंगलवार
एक्सरे नेपाल
२०८३ श्रावण १२ गते, मंगलवार
  • विराटनगर/ सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनामा घाइते भई विभिन्न अस्पतालमा उपचाररत बिरामीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता मङ्गलबार विराटनगर पुगेकी छिन्।

    images

    ह्हटना लगत्तै मन्त्रालयले उपचार व्यवस्थापनमा सक्रियता बढाइरहेका बेला मन्त्री मेहताले स्वयं अस्पताल पुगेर घाइतेहरूसँग भेटघाट गरेकी हुन्।

    images

    मन्त्री मेहताले नोबेल शिक्षण अस्पताल, विराट मेडिकल कलेज शिक्षण अस्पताल र न्युरो अस्पताल पुगेर उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्थाबारे चिकित्सकहरूसँग विस्तृत जानकारी लिएकी हुन्। सो क्रममा उनले उपचारमा कुनै कमी हुन नदिन अस्पताल प्रशासनसँँ आग्रह पनि गरिन।

    घाइते तथा उनीहरूका परिवारसँग भेटका क्रममा मन्त्री मेहताले सरकार पीडितहरूको उपचार र सुरक्षामा संवेदनशील रहेको बताउँदै आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाइन्।

    सो क्रममा उनले गम्भीर घाइतेहरूको उपचारमा मन्त्रालयले प्रत्यक्ष समन्वय गरिरहेको पनि उल्लेख गरिन।

    स्वास्थ्य मन्त्रालयका अनुसार घटनाको जानकारी प्राप्त भएलगत्तै मन्त्रालयले सम्बन्धित अस्पताल, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय तथा स्थानीय सरोकारवालासँग निरन्तर समन्वय गर्दै घाइतेहरूको उपचार प्रभावकारी बनाउन आवश्यक पहल गरिरहेको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend