मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

नारायणी अस्पतालमा डाक्टर कुट्ने एक जना पक्राउ

नारायणी अस्पतालमा डाक्टर कुट्ने एक जना पक्राउ

images
२०८३ श्रावण ११ गते, सोमवार
२०८३ श्रावण ११ गते, सोमवार
  • वीरगञ्ज। नारायणी अस्पतालमा उपचारका क्रममा बिरामीको मृत्यु भएको घटना पछि चिकित्सकमाथी आक्रमण गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

    images

    नारायणी अस्पतालमा उपचारका क्रममा गत शनिबार एक बिरामीको मृत्युु भएको थियो भने उपचारमा संलग्न चिकित्सकहरु माथि सांघातिक आक्रमण भएको थियो। घटनामा पाँच चिकित्सक घाइते भएका छन्। प्रहरीले घटनामा संलग्न रहेको आरोपमा आइतबार राति एक जनालाई पक्राउ गरेको हो।

    images

    घटना लगत्तै मन्त्री निशा मेहताले गृहमन्त्री, नेपाल प्रहरीका महानिरीक्षक, पर्साका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका अधिकारीहरू, नारायणी अस्पताल प्रशासन तथा नेपाल मेडिकल एसोसिएसनका पदाधिकारीहरूसँग निरन्तर समन्वय गर्दै घटनाको सत्यतथ्य पत्ता लगाउन र दोषीलाई कानुनी दायरामा ल्याउन आवश्यक पहल गरिरहेकी छिन्।

    घटनाको वास्तविक अवस्था बुझ्न, परिस्थितिको अनुगमन गर्न तथा आवश्यक समन्वय गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयबाट प्रतिनिधि टोली वीरगञ्ज पठाइएको छ।

    मन्त्रालयका अनुसार घटना बारे थप अनुसन्धान प्रक्रिया अगाडि बढिरहेको छ। घटनामा संलग्न अन्य व्यक्तिहरूको पहिचान तथा भूमिकाबारे समेत अनुसन्धान भइरहेको छ।

    यसैबीच, घटनामा घाइते भएका मेडिकल अफिसर डा. प्रमोद रामको उपचारमा कुनै कमी हुन नदिन मन्त्री मेहताले सम्बन्धित निकायलाई निर्देशन दिएकी छिन्। उनको उपचारको आवश्यक व्यवस्था नेपाल सरकारले मिलाएको मन्त्रालयले जनाएको छ।

    स्वास्थ्य संस्थामा हुने कुनै पनि प्रकारको हिंसा स्वीकार्य नहुने भन्दै मन्त्री मेहताले दोषीमाथि कानुनबमोजिम कारबाही हुने र स्वास्थ्यकर्मीको सुरक्षा तथा नागरिकले सुरक्षित वातावरणमा उपचार सेवा पाउने अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छिन्।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend