धनगढी। चिकित्सा शिक्षा क्षेत्र सुधारको मागसहित २४ औं सत्याग्रहमा बसेका प्रा.डा. गोविन्द केसीसँग सरकारी वार्ता टोलीले आज वार्ता गर्दैछ।
वार्ताका लागि सरकारी टोलीका तीन सदस्य धनगढी पुगिसकेका छन् भने डा. केसीसँग वार्ताका लागि वार्ता टोलीले आन्तरिक गृहकार्य गरिरहेको छ।
सरकारी वार्ता टोलीमा प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जे.पी. अग्रवाल, स्वास्थ्य सचिव डा. विकास देवकोटा र शिक्षा सचिव चुडामणि पौडेल छन्। पौडेल बाहेक अग्रवाल र देवकोटा आइतबार बिहानै धनगढी पुगेका हुन्।
शिक्षा मन्त्रालयका सचिव पौडेलले भने शनिबार नै सेती अस्पताल पुगेर अनशनरत डा. गोविन्द केसीलाई भेटेका थिए।
डा. केसीले धनगढीस्थित कृष्ण मन्दिरको धर्मशालामा साउन ७ गते बिहीबार दिउसो पत्रकार सम्मेलन गर्दै अनसन सुरु गरेका थिए।



