मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

नारायणी अस्पतालमा बिरामीको मृत्युु प्रकरण : पाँच चिकित्सक जिम्मेवारीबाट हटाइए, बन्यो समिति

नारायणी अस्पतालमा बिरामीको मृत्युु प्रकरण : पाँच चिकित्सक जिम्मेवारीबाट हटाइए, बन्यो समिति

images
२०८३ श्रावण १० गते, आइतवार
२०८३ श्रावण १० गते, आइतवार
  • वीरगञ्ज। वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा बिरामीको मृत्युु भएको घटनाले अस्पतालको अवस्था तनावग्रस्त बनेपछि उपचारमा संलग्न चिकित्सकलाई जिम्मेवारीबाट हटाएको छ।

    images

    जिम्मेवारीबाट हटाइनेहरुमा घटनाका समयमा आकस्मिक कक्षमा उपचारमा संलग्न रहेका डा. प्रमोद राम, डा. रामकिशोर सिंह, प्रहलाद प्रसाद, नरेशकुमार चौधरी र आस्था छन्।

    images

    नारायणी अस्पतालमा उपचारका क्रममा शनिबार एक बिरामीको मृत्यु भएपछि विवादका क्रममा चिकित्सक माथि हातपातसहित सांघातिक आक्रमण भएको छ भने अस्पतालमा तोडफोड समेत गरिएको छ।

    सो घटनापछि घटनाको छानबिन गर्न भन्दै समिति बनाएको छ। घटनाको सत्यतथ्य अध्ययन तथा विश्लेषण गरी सात दिनभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारीसहित छानबिन समिति गठन गरिएको हो।

    समितिको संयोजकमा नारायणी अस्पतालका डा. निरजकुमार सिंहलाई तोकिएको छ। यस्तै सदस्यहरूमा जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासनिक अधिकृत विनयकुमार गुप्ता, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक विक्रम सुवेदी, वीरगञ्ज महानगरपालिका–२५ का वडाध्यक्ष आशुतोष चतुर्वेदी, मृतकका तर्फबाट प्रतिनिधि विकास पटेल तथा अस्पताल प्रशासनका प्रतिनिधि सुनिलकुमार रौनियार छन्।

    उक्त समितिको प्रतिवेदन नआउँदासम्म अस्पतालको आकस्मिक कक्षामा उपचारमा संलग्न पाँच चिकित्सकलाई नियमित कामकाजमा नलगाइने निर्णय गरिएको हो।

    घटनापछि बसेको सर्वपक्षीय बैठकले घटनाप्रति दुःख समेत व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण तथा शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ।छानबिन समितिको प्रतिवेदनपछि प्राप्त सिफारिसका आधारमा थप निर्णय गरिने अस्पतालले जनाएको छ।

    छानबिन समिति बनाउने सहमतिपछि मृतक पक्षले शव बुझेर पोस्टमार्टम सम्पन्न गरी धार्मिक परम्पराअनुसार अन्त्येष्टि गर्ने विषयमा पनि सहमति भएको जनाएका छन् भने नारायणी अस्पतालबाट प्रवाह हुने स्वास्थ्य सेवा नियमित र थप प्रभावकारी रूपमा सञ्चालन गरिने सहमति बनेको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend