मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

डा. केसीसँग सरकारको वार्ता भोलि, सरकारी वार्ता टोलीका सदस्य शिक्षा सचिव अस्पताल पुगे

डा. केसीसँग सरकारको वार्ता भोलि, सरकारी वार्ता टोलीका सदस्य शिक्षा सचिव अस्पताल पुगे

images
२०८३ श्रावण ९ गते, शनिवार
२०८३ श्रावण ९ गते, शनिवार
  • धनगढी। सरकारी वार्ता टोलीका सदस्य शिक्षा मन्त्रालयका सचिव चुडामणि पौडेलले अनशनरत डा. गोविन्द केसीलाई भेटेका छन्।

    images

    शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको निर्देशनमा डा. गोविन्द केसीसँग वार्ता गर्न मन्त्रालयका सचिव पौडेल धनगढी पुगेका थिए।

    images

    उनले शनिबार साँझ सेती अस्पताल पुगेर अस्पतालमा उपचाररत रहेका डा. केसीलाई भेटेका हुन्। सरकारी वार्ता टोलीका अन्य सदस्य भोलि धनगढी पुग्ने कार्यक्रम छ।

    सबै सदस्य धनगढी पुगेपछि भोलि आइतबार डा केसीसँग सरकारी टोलीको वार्ता हुने हुने तय भएको छ।

    यसअघि शिक्षा तथा खेलकुद मन्त्री पोखरेलले शुक्रबार साँझ डा. केसीसँग टेलिफोन संवाद गरेका थिए। त्यसलगत्तै वार्तामार्फत अनशनको निकास खोज्ने उद्देश्यले सचिव पौडेललाई धनगढी पठाइएको थियो।

    सरकारी वार्ता टोलीमा प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जे.पी. अग्रवाल र स्वास्थ्य सचिव डा. विकास देवकोटालाई पनि तोकिएको छ। उनीहरू आइतबार धनगढी पुगेर डा. केसीसँग संवाद गर्ने कार्यक्रम छ।

    सरकारले वार्तामार्फत डा. केसीको अनशनको सहमतिपूर्ण निकास खोज्ने प्रयासलाई तीव्र बनाएको छ।

    डा. केसीले धनगढीस्थित कृष्ण मन्दिरको धर्मशालामा साउन ७ गते बिहीबार दिउसो पत्रकार सम्मेलन गर्दै अनसन सुरु गरेका थिए।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend