मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

डा. गोविन्द केसीसँग वार्ताका लागि शिक्षासचिव धनगढीमा

डा. गोविन्द केसीसँग वार्ताका लागि शिक्षासचिव धनगढीमा

images
२०८३ श्रावण ९ गते, शनिवार
२०८३ श्रावण ९ गते, शनिवार
  • काठमाडौँ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको निर्देशनमा डा. गोविन्द केसीसँग वार्ता गर्न मन्त्रालयका सचिव चूडामणि पौडेल धनगढी पुगेका छन्।

    images

    शिक्षा तथा खेलकुद  मन्त्री पोखरेलले शुक्रबार साँझ डा. केसीसँग टेलिफोन संवाद गरेका थिए। त्यसलगत्तै वार्तामार्फत अनशनको निकास खोज्ने उद्देश्यले सचिव पौडेललाई धनगढी पठाइएको हो।

    images

    यसैबीच, प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जे.पी. अग्रवाल र स्वास्थ्य सचिव डा. विकास देवकोटा पनि आइतबार धनगढी पुगेर डा. केसीसँग संवाद गर्ने कार्यक्रम रहेको छ।

    सरकारले वार्तामार्फत डा. केसीको अनशनको सहमतिपूर्ण निकास खोज्ने प्रयासलाई तीव्र बनाएको छ।

    डा. केसीले धनगढीस्थित कृष्ण मन्दिरको धर्मशालामा साउन ७ गते बिहीबार दिउसो पत्रकार सम्मेलन गर्दै अनसन सुरु गरेका थिए।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend