मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

डा. गोविन्द केसीको उपचार व्यवस्थापन सुदृढ बनाउन स्वास्थ्य मन्त्रीको निर्देशन

डा. गोविन्द केसीको उपचार व्यवस्थापन सुदृढ बनाउन स्वास्थ्य मन्त्रीको निर्देशन

images
२०८३ श्रावण ९ गते, शनिवार
२०८३ श्रावण ९ गते, शनिवार
  • काठमाडौं। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले २४औँ सत्याग्रहमा बसेका प्राध्यापक डा.गोविन्द केसीको स्वास्थ्य उपचारलाई ध्यान दिन अस्पताललाई निर्देशन दिएकी छन्।

    images

    बिहीबारदेखि पाँचबुँदे माग राख्दै २४औँ सत्याग्रहमा बसेका प्राध्यापक डा.गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उपचार व्यवस्थापनमा प्रत्यक्ष चासो लिएकी हुन्।

    images

    मन्त्री मेहताले सेती प्रादेशिक अस्पतालका प्रमुख चिकित्सा अधिकृत डा.हेमराज पाण्डेसँग संवाद गरी उपचारको प्रभावकारी व्यवस्थापन र आवश्यक समन्वय गर्न निर्देशन दिएको उनको सचिवालयले जनाएको छ।

    यसैक्रममा मन्त्रालयका प्रमुख सल्लाहकार डा.मनोहर प्रधानले पनि अस्पताल प्रशासनसँग समन्वय गरी डा.केसीको स्वास्थ्य अवस्था, उपचार प्रक्रिया तथा आवश्यक व्यवस्थापनबारे जानकारी लिएका छन्।

    डा.केसीको हालको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै अस्पतालमा लामो समय राख्नु उपयुक्त नहुने चिकित्सकहरूको सुझाव रहेकाले आवश्यक परे थप उपचारका लागि वैकल्पिक व्यवस्थाको तयारीसमेत अघि बढाइएको छ। मन्त्रालयले उपचारको अवस्थाको निरन्तर निगरानी गरिरहेको जनाएको छ।

    डा. केसीलाई धनगढी उपमहानगरपालिका–१ स्थित कृष्ण मन्दिर धर्मशालाबाट शनिबार सेती प्रादेशिक अस्पतालको आईसीयूमा सारिएको हो।

    यसैबीच,डा.केसीका मागका विषयमा छलफल गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र शिक्षा,विज्ञान तथा खेलकुद मन्त्रालयका प्रतिनिधि सम्मिलित वार्ता टोली आजै धनगढी जाने तयारी भएको मन्त्रालयले जनाएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend