मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

बाढी पहिरोले कहाँकहाँ छन् सडक अबरुद्ध?

बाढी पहिरोले कहाँकहाँ छन् सडक अबरुद्ध?

images
२०८३ श्रावण ८ गते, शुक्रवार
२०८३ श्रावण ८ गते, शुक्रवार
  • काठमाडौँ। अविरल वर्षा आएको बाढी तथा पहिरो र सडक कटानका कारण देशका नौ राजमार्ग तथा सडकखण्ड पूर्ण रूपमा अबरुद्ध भएको छ।

    images

    नेपाल प्रहरीले सार्वजनिक गरेको शुक्रबार बिहान ६ बजेसम्मको विवरण अनुसार बाढी तथा पहिरोका कारण देशका नौ विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित भएका हुन्।

    images

    प्रहरीका अनुसार काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बिपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गर्दै साँझ ६ देखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

    यसैगरी कान्ति लोकपथमा पनि वर्षायामभर बेलुका ५ देखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको नेपाल प्रहरीले जानकारी गराएको छ।

    यस्तै इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा सडक हिलाम्मे भएपछि उक्त सडक पूर्ण रूपमा अवरुद्ध छ भने सो स्थानमा बैकल्पिक बाटो रहेको बताइएको छ। खोटाङ, दिक्तेलको रुपाकोट मझुवागढी-६ माम्खा, मध्यपहाडी लोकमार्ग पुर्णरुपमा अबरुद्ध छ।

    सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित जिरोकिलो र कोदारी क्षेत्रमा पहिरोले अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ। 

    यसैगरी, बागलुङको जैमिनी नगरपालिका–८ बेलबगरस्थित कालीगण्डकी करिडोर, रोल्पाको परिवर्तन गाउँपालिकास्थित घोराही–थवाङ सहिद राजमार्ग, मुगुको छायाँनाथ रारा नगरपालिका–७ पिना खोलास्थित नाग्म–गमगडी सडक अबरुद्ध छ।

    यस्तै रसुवाको गोसाइँकुण्ड गाउँपालिकास्थित पासाङ ल्हामु सडकखण्ड, अछामको पञ्चदेवल विनायक नगरपालिका–४ पानीखोलास्थित मध्यपहाडी लोकमार्ग तथा लमजुङको मर्स्याङ्दी गाउँपालिका–४ म्याग्दे भीरस्थित बेँसीसहर–चामे–मनाङ सडकखण्ड पनि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ।

    यसैबीच, दोलखाको तामाकोशी गाउँपालिका–५ किर्नेटारस्थित लामासाँघु–रामेछाप सडकखण्डमा तामाकोशी नदीको कटानका कारण सडक अवरुद्ध भए पनि खिम्ती ग्रामीण विद्युत् सहकारी संस्थाको कार्यालय परिसर हुँदै वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend