मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

मन्त्रिपरिषद् बैठक : गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न न्यायिक समिति गठन

मन्त्रिपरिषद् बैठक : गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न न्यायिक समिति गठन

images
२०८३ श्रावण ६ गते, बुधवार
२०८३ श्रावण ६ गते, बुधवार
  • काठमाडौँ। मन्त्रिपरिषद् बैठकले त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेपछि उपचारका क्रममा निधन भएका गणेश नेपालीको आत्मदाह घटना बारे सत्यतथ्य छानबिन गर्न न्यायिक समिति गठन गरेको छ।

    images

    बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सो आत्मदाह घटनाको सत्यतथ्य छानबिन गर्न उच्च अदालतका पूर्व न्यायाधीश केशवप्रसाद बास्तोलाको संयोजकत्वमा न्यायिक समिति गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।

    images

    नेपालीले काठमाडौ महानगरका प्रहरीले मोटरसाइकलमा ह्वील लक लगाइदिएपछि विवाद हुँदा आत्मदाह प्रयास गरेका थिए। उनको उपचारका क्रममा वीर अस्पतालमा निधन भएको थियो।

    सो घटनापछि सरकारको चौतर्फी विरोध भएको थियो भने घटनाको सत्यतथ्य छानबिन गर्न न्यायिक समिति गठनको माग भएको थियो।

    यसैगरी मन्त्रिपरिषद् बैठकले विशेष अदालतको अध्यक्ष पदमा उच्च अदालत तुलसीपुरका माननीय न्यायाधीश वासुदेव आचार्यलाई तोक्ने निर्णय पनि गरेको छ।

    यस्तै श्रम अदालतको अध्यक्ष पदमा उच्च अदालत सुर्खेतका माननीय न्यायाधीश दीपेन्द्र अधिकारीलाई तोक्ने निर्णय पनि बैठकले गरेको छ भने गुठी संस्थानको प्रशासक पदमा शैलेशराज कुँवरलाई नियुक्त गर्ने निर्णय भएको सरकारका प्रवक्ता पोखरेलले जानकारी दिए।

    यसैगरी २०८५ साल भदौ मसान्तसम्म पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने नियमित अन्तर्राष्ट्रिय उडानका लागि पार्किङ, ल्याण्डिङ र न्याभिगेसन शुल्कमा पूर्ण छुट तथा ग्राउण्ड ह्याण्डलिङ शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय बैठकले गरेको छ।

    यस्तै अनुचित लेनदेन (मिटरब्याज) बाट प्रभावित नागरिकको माग सम्बोधन गर्ने सम्बन्धमा गठित समिति, र मिटरब्याज विरुद्ध किसान मजदुर आन्दोलनका प्रतिनिधिबिच मिति २०८३ साउन १ गते भएको सम्झौता अनुमोदन गर्ने निर्णय पनि भएको छ भने सम्झौतामा उल्लेख भएबमोजिम मिटरब्याजसँग सम्बन्धित फर्जी लिखितहरु आजैका मितिदिेखि अवैध घोषणा गर्ने,   आर्थिक ऐन, २०८३ को दफा १८ को उपदफा (१) बमोजिम शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा मिनाहा गर्ने निर्णय बैठकले गरेको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend