मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

चिकित्सा शिक्षा आयोगमा ४ निर्देशकका लागि १२ जना सर्ट लिस्टमा

चिकित्सा शिक्षा आयोगमा ४ निर्देशकका लागि १२ जना सर्ट लिस्टमा

images
२०८३ श्रावण ६ गते, बुधवार
२०८३ श्रावण ६ गते, बुधवार
  • काठमाडौँ। चिकित्सा शिक्षा आयोगको ४ वटा रिक्त निर्देशक पदका लागि १२ जना सर्ट लिस्टमा परेका छन्।

    images

    कुल ४ निर्देशक पदका लागि बुधबार १२ जनाको नाम समेटिएको संक्षिप्त सूची सार्वजनिक गरिएको हो। सूचीमा परेकाहरूलाई प्रस्तुति र अन्तरवार्ता कार्यक्रममा सहभागी हुन भनिएको छ।

    images

    गत असार २६ गते निर्देशक पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरिएको थियो।

    नाम सिफारिस गर्न उम्मेदवार छनौटसम्बन्धी कार्यविधि, २०८३ बमोजिम चिकित्सा शिक्षा आयोगको निर्देशनालय र बोर्डको कामसँग सम्बन्धित दक्षता र सम्बद्ध क्षेत्रमा उत्कृष्ट व्यवस्थापकीय सीप तथा कौशल र व्यावसायिकता प्रदर्शन गरे वापतको प्राप्ताङ्क, कार्य अनुभव वापतको प्राप्ताङ्क र शोधपत्रको मूल्याङ्कन वापतको प्राप्ताङ्कको कुल प्राप्ताङ्कमा सबैभन्दा बढी अङ्क प्राप्त गर्ने १२ जनाको नाम संक्षिप्त सूचीमा सार्वजनिक गरिएको हो।

    सूचीमा पर्नेहरूमा प्रा.डा. दयाराम पोखरेल, प्रा.डा. दिपेन्द्र बहादुर श्रेष्ठ, प्रा.डा. दिलिप शर्मा, प्रा.डा. विनोद कुमार यादव, प्रा.डा. मुगेन्द्र अमात्य, प्रा.डा. रविन्द्रमान श्रेष्ठ, प्रा.डा. विष्णु प्रसाद शर्मा, प्रा.डा. संघरत्न वज्राचार्य, प्रा.डा. सञ्जय कुमार श्रेष्ठ, प्रा.डा. सन्ध्या चापागाईं आचार्य, प्रा.डा. सुरज बज्राचार्य र प्रा.डा. शैलेश प्रधान छन्।

    संक्षिप्त सूचीमा नाम रहेका उम्मेदवारहरूको प्रस्तुतीकरण र अन्तरवार्ता कार्यक्रममा आउँदा उम्मेदवारहरूले आवेदन साथ संलग्न सबै कागजातहरूको सक्कल प्रति, शोधपत्रको प्रस्तुतीकरण एवम् अन्तरवार्ताका लागि १५ मिनेट अवधिको पावर प्वाइन्ट स्लाइड (electronic copy) ल्याउन भनिएको छ। यस्तै तोकिएको समय भन्दा कम्तीमा १ घण्टा अगावै उपस्थित हुन भनिएको छ।

    प्रस्तुतीकरण तथा अन्तरवार्ताको समय क्रम संख्या अनुसार निर्धारण गरिएको छ। प्रस्तुतीकरण तथा अन्तरवार्ता कार्यक्रम राष्ट्रिय योजना आयोगको बैठक कक्ष, सिंहदरबार, काठमाडौंमा हुने सूचनामा उल्लेख छ।

    अन्तरवार्ताको क्रम संख्या र समय निम्नानुसार हुने सूचनामा उल्लेख छ।

    मिति २०८३ साउन ८ गते शुक्रबार बिहान ८:०० बजे (क्र.सं. १–४)

    मिति २०८३ साउन ८ गते शुक्रबार बिहान ११:०० बजे (क्र.सं. ५–८)

    मिति २०८३ साउन ८ गते शुक्रबार अपराह्न २:०० बजे (क्र.सं. ९–१२)

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend