काठमाडौँ। नेपाली कांग्रेसले मानव सहायता कल्याण कोष स्थापनाको घोषणा गरेको छ।
कांग्रेसले संस्थापक नेता तथा जननिर्वाचित प्रथम प्रधानमन्त्री बीपी कोइरालाको ४४औं स्मृति दिवसको अवसर पारेर एक कार्यक्रम मार्फत मानव सहायता कल्याण कोष स्थापनाको घोषणा गरेको हो।
कोषको घोषणा गर्दै सभापति थापाले कोषको रकमबाट घरबारविहीन बनाइएका एकल महिला तथा बालबालिकाहरूलाई सहयोग गरिने जानकारी दिए।
सभापति थापाके कोषमा अहिले पार्टीका सदस्यहरूको तर्फबाट सङ्कलन गरिएको १० लाख रुपैयाँ जम्मा भएको र यसलाई बढाउँदै लैजाने पनि बताए।
कांग्रेसले कोषका बारेमा विस्तृत जानकारी र पार्टीको अन्य राजनीतिक विषय तथा अभियानका बारेमा बिहीबार दिउँसो २ बजे राष्ट्रिय सभागृहमा आयोजना गरिएको कार्यक्रममार्फत थप जानकारी गराइने बताएको छ।
भोलि दिउँसो २ बजे राष्ट्रिय सभागृहमा बीपी स्मृति दिवसकै अवसरमा विशेष कार्यक्रम आयोजना गरी अहिले सञ्चालन भइरहेको जरा अभियानको समापन र नयाँ कार्यक्रमहरूको घोषणा गरिने कांग्रेसले जनाएको हो।



