काठमाडौँ। काठमाडौँमा एक युवतीले आत्मदाहको प्रयास गरेकी छिन्। गोकर्णेश्वर नगरपालिका-८ माकलबारी बस्दै आएकी एक युवतीले आत्मदाह प्रयास गरेकी हुन्।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका-३ घर भई माकलबारी बस्दै आएकी २७ वर्षीय सालु गुरुङले मंगलबार विहान २ बजेर ५० मिनेट जाँदा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेकी हुन्। उनको अनुहार, छाती र दुवै हातमा गरी अन्दाजी ५० प्रतिशत भाग जलेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार आत्मदाहको प्रयासपछि सुरुमा उनलाई शुस्मा कोइराला मेमोरियल अस्पताल साँखु पुर्याइएको थियो। पछि उनलाई थप उपचारका लागि कीर्तिपुरको बर्न अस्पताल लगिएको छ।
गुरुङले आफ्नै खाजा पसलको पछाडिको पार्किङमा आत्मदाह प्रयास गरेको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।



