काठमाडौँ। रुकुम पूर्व केन्द्र विन्दु भएर ५ म्याग्निच्युडको भूकम्प गएको छ।
आइतबार साँझ ४ बजेर ३० मिनेट जाँदा रुकुम पूर्वको कोल क्षेत्र केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
केन्द्रका अनुसार भूकम्पको धक्का रुकुम पूर्वसहित
अर्घाखाँची, दाङ, रोल्पालगायत आसपासका जिल्लामा पनि महसुस भएको छ।
भूकम्पबाट भएको मानवीय वा भौतिक क्षतिको विवरण भने प्राप्त भएको छैन।



