मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

स्वदेशी जुत्ता उद्योगको प्रवर्द्धनमा प्रधानमन्त्रीको चासो, सरकारले नीतिगत तथा संस्थागत सहजीकरण गर्ने

स्वदेशी जुत्ता उद्योगको प्रवर्द्धनमा प्रधानमन्त्रीको चासो, सरकारले नीतिगत तथा संस्थागत सहजीकरण गर्ने

images
२०८३ श्रावण १ गते, शुक्रवार
२०८३ श्रावण १ गते, शुक्रवार
  • काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशी जुत्ता–चप्पल उद्योगको प्रवर्द्धन, आयात प्रतिस्थापन, रोजगारी सिर्जना तथा निर्यात प्रवर्द्धनका लागि सरकारले आवश्यक नीतिगत तथा संस्थागत सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

    images

    शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपाल (एफएमएएन)का पदाधिकारी तथा सदस्यहरूसँग छलफल गर्दै उनले सरकारले आवश्यक नीतिगत तथा संस्थागत सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।

    images

    उनले तीनै तहका सरकारको समन्वयमा जुत्ता निर्माणसम्बन्धी सीपमूलक तालिम सञ्चालन गरिने, नेपाली जुत्ता–चप्पलको ब्रान्डिङ, मार्केटिङ तथा बजार प्रवर्द्धनका लागि निजी क्षेत्रलाई प्रोत्साहन गरिने बताए। 

    साथै, उद्योगको उत्पादन क्षमताअनुसार कच्चा पदार्थ आयातको ट्र्याकिङ तथा अभिलेख व्यवस्थापनलाई प्रभावकारी बनाइने र स्वदेशी उत्पादनको प्रयोग, प्रवर्द्धन तथा बजार विस्तारमा विशेष जोड दिइने उनको भनाइ थियो।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend