मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

धान रोपाईं चल्दै गर्दा पर्यो चट्याङ, सात जना घाइते

धान रोपाईं चल्दै गर्दा पर्यो चट्याङ, सात जना घाइते

images
२०८३ आषाढ ३२ गते, बिहिवार
२०८३ आषाढ ३२ गते, बिहिवार
  • पर्सा। पर्सा जिल्लाको पकहामैनपुर गाउँपालिका–०१ धोरेस्थित सिधौलिया जाने सीमावर्ती क्षेत्रमा धान रोपाईं चलिरहेका बेला चट्याङ पर्दा सात जना महिला घाइते भएका छन्।

    images

    वर्षासँगै परेको चट्याङका कारण पकहामैनपुर गाउँपालिका-०१ बस्ने अन्दाजी ५५ वर्षीया शान्तिदेवी सहनी, ५५ वर्षीया राधिका देवी सहनी, ५५ वर्षीया रिता देवी सहनी, ५२ वर्षीया कुश्मी देवी सहनी, ४२ वर्षीया सन्ध्या देवी, ३५ वर्षीया प्रमिला सहनी र ३५ वर्षीया संगीता देवी घाइते भएको प्रहरीले जनाएको छ।

    images

    घाइतेमध्ये कुश्मी देवी सहनीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। यस्तै शान्तिदेवी सहनीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। अन्य पाँच जना घाईतेहरुको भारतको रक्सौलस्थित डंकन अस्पतालमा उपचार भइरहेको र उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend