मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

रौतहटमा एक युवाले गरे आत्मदाह प्रयास

रौतहटमा एक युवाले गरे आत्मदाह प्रयास

images
२०८३ आषाढ ३१ गते, बुधवार
२०८३ आषाढ ३१ गते, बुधवार
  • काठमाडौँ। रौतहटमा फेरि अर्का युवाले आत्मदाहको प्रयास गरेका छन्। रौतहटको गरुडा नगरपालिका–९, गम्हरिया टोलका २८ वर्षीय गौतमकुमार सहनीले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाउँदा उनी घाइते भएका हुन्।

    images

    सहनीले मंगलबार मध्यरातमा आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएको उनका बुवा देवेन्द्र सहनीले जानकारी दिए।

    images

    उनका अनुसार आगोले जलेपछि गौतमलाई तत्काल उपचारका लागि गरुडामा रहेको एक अस्पताल लगिएको थियो भने त्यहाँका चिकित्सकले थप उपचारका लागि उनलाई कीर्तिपुरस्थित बर्न अस्पताल रेफर गरेपछि काठमाडौँ ल्याइएको छ।

    प्रहरी चौकी बिर्ताका प्रहरी सहायक निरीक्षक मनोज दासका अनुसार प्रारम्भिक उपचारमा संलग्न चिकित्सकले गौतमको घाँटीदेखि मुखसम्मको भागसहित करिब ३१ प्रतिशत शरीर जलेको र स्वास्थ्य अवस्था मध्यम रहेको जानकारी दिएका छन्।

    `परिवारजनका अनुसार घाइते गौतमले नियमित रूपमा मानसिक औषधी सेवन गर्दै आएका थिए। घटनाको दिन उनले मादक पदार्थसमेत सेवन गरेको बताइएको छ,” प्रहरी सहायक निरीक्षक दासले भने।´ प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

    घटना बारे थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend