मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

१५ ठाउँको पहिरो हटाएपछि खुल्यो नारायणगढ–मुग्लिन सडक

१५ ठाउँको पहिरो हटाएपछि खुल्यो नारायणगढ–मुग्लिन सडक

images
२०८३ आषाढ ३० गते, मंगलवार
२०८३ आषाढ ३० गते, मंगलवार
  • चितवन। नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सवारीसाधन सञ्चालनमा आएको छ।

    images

    सोमबार दिउँसोबाट सुरु भएको वर्षात्‌का कारण साँझ ७ बजेबाट खस्न थालेको पहिरो मंगलबार बिहानसम्म जारी थियो। ती सबै स्थानमा खसेको पहिरो बिहान हटाइएपछि दुईतर्फी सवारी सञ्चालनमा आएको डिभिजन सडक कार्यालय भरतपुरका इन्जिनियर अर्जुन घिमिरेले जानकारी दिए।

    images

    घिमिरेका अनुसार सडकमा खसेको पहिरो पन्छाउन राति नै दुई वटा लोडरसहितका उपकरण प्रयोग गरिएको थियो। सो सडकखण्डको भतेरी, खोर खोला, १५ किलो, ११ किलो, १६ किलो, १९ किलो, सेती दोभानका दुई ठाउँ, घुमाउने, सिमलतालका दुई ठाउँ, २५ किलो, जलविरे, नाम्सी खोला र तुइन खोलामा पहिरो खस्दा सडक अबरुद्ध भएको थियो।

    स्थानीय प्रशासनले सो सडकखण्डमा जुनसुकै बेला पहिरो खस्न सक्ने भएकाले रातिको समयमा सकेसम्म यात्रा नगर्न आग्रह गरेको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend