काठमाडौँ। विभिन्न समयमा चोरी भएका ५१ थान दुई पाङ्ग्रे सवारी साधन फेला परेपछि ट्राफिक प्रहरीले सम्बन्धित स्वारी धनीलाई हस्तान्तरण गरेको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार फेला परेका ५१ थान दुई पाङ्ग्रे सवारी साधनमा मोटरसाइकल र स्कुटर छन्। ती सवारीसाधन खोजतलास गरी आज सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको हो।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथमा आयोजित एक कार्यक्रमका बिच कार्यालय प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्लेले ३६ वटा मोटरसाइकल र १५ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ।



