मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

दीपाश्री निरौलालाई ब्रेन ट्युमर, शल्यक्रियापछि आराम गर्दै

दीपाश्री निरौलालाई ब्रेन ट्युमर, शल्यक्रियापछि आराम गर्दै

images
२०८३ आषाढ २८ गते, आइतवार
२०८३ आषाढ २८ गते, आइतवार
  • काठमाडौँ। अभिनेत्री तथा फिल्म निर्देशक दीपाश्री निरौलालाई ब्रेन ट्युमर भएपछि शल्यक्रिया गरिएको छ।

    images

    कलाकार दीपकराज गिरीले निरौलालाई ब्रेन ट्युमर भएपछि शल्यक्रिया गरिएको पुष्टि गरेका छन्।

    images

    निरौलाको गत मङ्गलबार माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा वसन्त पन्त नेतृत्वको चिकित्सक टोलीले शल्यक्रिया गरेका हुन्।

    कलाकार गिरीका अनुसार उनलाई अहिले आइसीयूबाट जनरल वार्डमा सारिएको छ। दीपाश्रीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ।

    कलाकार गिरीले सामाजिक संजाल फेसबुकमा यस्तो लेखेका छन्: 

    यो साता हाम्रो लागि निक्कै चुनौतीपूर्ण र कठिन समय रह्यो! सुटिगंको बिचमा दीपाजी लाइ ब्रेन ट्यूमर भएको पत्ता लाग्यो त्यसपछि हामि अन्यौलमा पर्यौ, तुरून्त शल्यक्रिया गर्नु पर्ने भयो! धेरै ठॅाउबाट भारत जाने सल्लाह पाइयो, तर अन्त्यमा नेपालकै अनुभबी डाक्टर बसन्त पन्त द्दारा शल्यक्रिया गर्ने निर्णय भयो! भगवानको आशीर्बादले शल्यक्रिया सफलतापूर्बक सम्पन्न भयो, हाल उहाँ आइसियू बाट जनरल वार्डमा आएर स्वास्थ्यलाभ गर्दै हुनुहुन्छ, आशीर्बाद दिने दर्शक तथा शुभचिन्तकहरू, उपचारमा संगलग्न सम्पूर्ण स्वास्थ्यकर्मी हरूलाइ धन्याबाद!    
    जय पशुपतिनाथ!!

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend