काठमाडौँ। कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा बाढी पसेपछि डुबानमा परेका सुकुम्बासीहरुलाई खरिपाटीस्थित होल्डिङ सेन्टरमा सारिएको छ।
सरकारले शनिबार र आइतबार गरेर कीर्तिपुरबाट ३१ परिवारका ८९ जना सुकुमवासीलाई खरिपाटी पुर्याएको हो।
सरकारले केही समय अघि थापाथलीसहितका क्षेत्रबाट उठाइएका सुकुम्बासीहरुलाई कीर्तिपुर नगरपालिका–१० स्थित सुन्दरीघाटको राधास्वामी होल्डिङ सेन्टरमा राख्दै आएको थियो।
तर त्यहाँसमेत बाढी पसेपछि उनीहरू असुरक्षित भएका थिए भने शुक्रबारको बाढी र डुबानपछि सरकारले उनीहरूलाई खरिपाटीस्थित होल्डिङ सेन्टरमा पुर्याएको हो। कीर्तिपुरबाट सारिएका केहीलाई भने भक्तपुरकै बोडेमा स्थानान्तरण गरिएको छ।



