मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

सेकेन्ड ह्यान्ड मोबाइलको कारोबार वैध नहुँदा देशको राजश्वमा घाटा भइरहेको छ : सांसद थपलिया

सेकेन्ड ह्यान्ड मोबाइलको कारोबार वैध नहुँदा देशको राजश्वमा घाटा भइरहेको छ : सांसद थपलिया

images
२०८३ आषाढ २७ गते, शनिवार
२०८३ आषाढ २७ गते, शनिवार
  • काठमाडौँ। प्रतिनिधि सभा सदस्य सीता थपलिया (उर्मिला) ले नेपालमा सेकेन्ड ह्यन्ड मोबाइलको कारोबारलाई वैध नहुँदा देशको राजश्वमा घाटा भइरहेको बताएकी छन्।

    images

    नेपाल मोबाइल ब्यवसायी महासंघको ५ औँ स्थापना दिवसका अवसरमा शनिबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै थपलियाले विश्वका केही मुलुकमा यो अभ्यास भइरहेको भन्दै सरकारले निश्चित रकम राजश्व लिने गरेर नेपालमा पनि सेकेन्ड ह्यान्ड मोबाइलको कारोबारलाई वैध बनाउनु पर्ने बताएकी हुन्।

    images

    उनले हालसमेत सेकेन्ड ह्यान्ड मोबाइलको विक्री भइरहेको तर वैध कारोबार नहुँदा एकातर्फ राज्यलाई घाटा भइरहेको र अर्कोतर्फ उपभोक्ता पनि ठगिने गरेको बताइन्। 

    `विश्वका केही मुलुकमा सेकेन्ड ह्यान्ड मोबाइलको कारोवार वैध छ, कम्पनीका आधिकारिक स्टोरमा नै सेकेन्ड ह्यान्ड फोन किन्न पाइन्छ, नेपालमा पनि यो ब्यवस्था भए देशको राजश्वमा निश्चित रकम जम्मा हुने र उपभोक्ता पनि सुरक्षित हुने अवस्था रहन्छ।´ थपलियाले भनिन्।

    प्रतिनिधि सभा सदस्य थपलियाले नेपालमा मोबाइल मर्मतका सम्बन्धमा पनि स्पष्ट कानुनी ब्यवस्था नहुँदा ब्यवसायीहरु अनावश्यक झमेलामा पर्ने गरेको गुनासो आफुले सुनेको बताइन्।

    `जुनसुकै मोबाइल बिग्रेपछि बनाउन ब्यवसायीको पसलमा नै आइपुग्छ, त्यो फोन बनेपछि चोरीको रहेछ भने ब्यवसायीलाई प्रहरीले हत्कडी लगाउने अवस्था रहेछ, मर्मत र लक अनलकमा कानुनी अस्पष्टता रहँदा ब्यवसायीले दु:ख पाउने अवस्थाको गुनासो सुनेको छु, यसमा राज्यले ध्यान दिनुपर्छ।´ उनले भनिन्।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend