मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

आत्मदाह प्रयास गरेका राउतको मृत्यु

आत्मदाह प्रयास गरेका राउतको मृत्यु

images
२०८३ आषाढ २७ गते, शनिवार
२०८३ आषाढ २७ गते, शनिवार
  • काठमाडौँ। काठमाडौं बुद्धनगरमा शनिबार बिहान शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका व्यवसायी आश्विन राउतको मृत्यु भएको छ।

    images

    शनिबार बिहानै काठमाडौँ महानगरपालिका–१० बुद्धनगरस्थित आफ्नै घरमा ४५ वर्षीय राउतले आत्मदाहको प्रयास गरेका थिए।

    images

    आत्मदाह प्रयासपछि उनलाई प्रहरीले उद्धार गरेर उपचारका लागि वीर अस्पताल पुर्याएको थियो। उपचाररत अवस्थामा नै उनको शनिबार दिउसो मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलिप घिमिरेले जानकारी दिए।

    काठमाडौँ र सर्लाहीमा गरेर पछिल्लो तीन दिनमा तीन जनाले आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन्। बिहीबार मुगुका गणेश नेपालीले काठमाडौँ महानगर प्रहरीसँग विवाद भएपछि पेट्रोल छर्केर शरीरमा आगो लगाएका थिए। उनको शुक्रबार उपचारका क्रममा वीर अस्पतालमा नै मृत्यु भएको थियो।

    यसैगरी शुक्रबार सर्लाहीका विवेक मण्डलले पनि शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। सर्लाहीको गौडेता नगरपालिका–१० का ३५ वर्षीय विवेकलाई हेलिकप्टरबाट उपचारका लागि काठमाडौँ ल्याइएको छ। उनको पनि अवस्था गम्भीर रहेको वीर अस्पतालले जनाएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend