मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त : कोको छानिए?

६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त : कोको छानिए?

images
२०८३ आषाढ २५ गते, बिहिवार
२०८३ आषाढ २५ गते, बिहिवार
  • काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गतका विभिन्न ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त भएका छन्।

    images

    प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री वालेन्द्र शाहले उपकुलपति छनोट तथा सिफारिस समितिको सिफारिसका आधारमा बिहीबार विभिन्न ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त गरेका हुन्।

    images

    जसअनुसार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा डा. विवेक आचार्य, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. नविसमान सिंह प्रधान र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. स्मृति कार्की नियुक्त भएका छन्।

    यसैगरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. नारायणसिंह गुरुङ, कर्णालीमा डा. सूर्यमान म्याहाङम्बो र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. अजयकुमार मिश्रले उपकुलपति पदको जिम्मेवारी पाएका छन्।

    सरकारले ​यसपटक उपकुलपति चयन गर्न 'स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी एकीकृत कार्यविधि, २०८३' निर्माण गरी गत जेठ ४ गते खुला आवेदन माग गरेको थियो। आवेदन माग हुँदा देशभरबाट ११३ जनाले आवेदन दिएका थिए। त्यसबाट ८६ जना संक्षिप्त सुचीमा अटाएका थिए भने पछि ७७ जना अन्तर्वार्ताका लागि छानिएका थिए।

    त्यसपछि मूल्याङ्कन, कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्तापछि समितिले प्रत्येक प्रतिष्ठानका लागि ७ जनाका दरले कुल ४२ जनाको प्रारम्भिक सूची प्रकाशित गरेको थियो। त्यसैमध्येबाट ६ जलालाई छनौट गर्दै उपकुलपतिको जिम्मेवारी दिइएको हो।

     

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend