मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

सर्लाहीको लालबन्दीमा मोबाइल व्यवसायीमाथि गोली प्रहार

सर्लाहीको लालबन्दीमा मोबाइल व्यवसायीमाथि गोली प्रहार

images
२०८३ आषाढ २५ गते, बिहिवार
२०८३ आषाढ २५ गते, बिहिवार
  • सर्लाही। सर्लाहीको लालबन्दीमा मोबाइल व्यवसायीमाथि गोली प्रहार भएको छ।

    images

    लालबन्दी नगरपालिका–७ र ९ को सीमा क्षेत्रस्थित आइडियल स्कुल नजिकको एकान्त क्षेत्रमा बुधबार राति ८ बजे मोबाइल ब्यवसायी हरिप्रसाद सापकोटामाथि लुटपाटको प्रयास गर्दै गोली प्रहार भएको हो।

    images

    गोली प्रहार गर्ने ब्यक्तिको खोजी भइरहेको सर्लाही प्रहरीले जनाएको छ। सापकोटाले लालबन्दी बजारमा मोबाइल पसल सञ्चालन गर्दै आएका छन्।

    उनी पसल बन्द गरेर निवास बस्तीपुर तर्फ फर्कँदै गर्दा आक्रमणमा परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रसाद गौतमले जानकारी दिए। सापकोटा साथीसँग मोटरसाइकलमा थिए भने आक्रमणकारी पनि मोटरसाइकलमा नै थिए। 

    लुटपाटको क्रममा सामान्य धकेलाधकेल भएपछि हतियार बोकेका अज्ञात व्यक्तिले कटुवा पेस्तोलबाट गोली प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको डीएसपी गौतमले बताए।

    घटनास्थलबाट पड्किसकेको गोलीका दुई वटा खोका बरामद गरिएको प्रहरीले जनाएको छ।

    “मोबाइल पसल सञ्चालक सापकोटा र उनीसँगै मोटरसाइकलमा घर फर्किरहेका व्यक्ति दुवैको अवस्था सामान्य छ, घटनाबारे थप अनुसन्धान भइरहेको छ।” डीएसपी गौतमले भने। 

    प्रहरीले घटनामा संलग्न व्यक्तिको खोजी गरिरहेको छ। सो घटनापछि लालबन्दी क्षेत्रका व्यवसायी तथा स्थानीयवासी त्रासमा छन्।

    लालबन्दी नगरपालिका–९ का वडा सदस्य विनोद तिमल्सिनाले घटनापछि स्थानीयमा असुरक्षाको भावना बढेको भन्दै घटनामा संलग्नलाई तत्काल पक्राउ गरी कानुनी दायरामा ल्याउन आग्रह गरे।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend