मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

निजामती अस्पतालको फार्मेसीमा झन्डै ३ करोड अनियमितताको आरोप, ८ जनाविरुद्ध मुद्दा दायर

निजामती अस्पतालको फार्मेसीमा झन्डै ३ करोड अनियमितताको आरोप, ८ जनाविरुद्ध मुद्दा दायर

images
२०८३ आषाढ २४ गते, बुधवार
२०८३ आषाढ २४ गते, बुधवार
  • काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजामती कर्मचारी अस्पतालको फार्मेसीमा हानिनोक्सानी, हिनामिना गरि झण्डै ३ करोड रकम भ्रष्टाचार गरेको आरोपमा ८ जनाविरुद्ध आरोपपत्र दायर गरेको छ।

    images

    फार्मेसीमा रहेका म्याद सकिएका तथा म्याद सकिन लागेका औषधिहरू समयमै आपूर्तिकर्ता कम्पनीलाई फिर्ता नगरी सार्वजनिक सम्पत्तिमा हानि–नोक्सानी पुर्‍याएको आरोपमा अख्तियारले ८ जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।

    images

    अख्तियारका अनुसार अस्पताल र औषधि आपूर्तिकर्ता कम्पनीबीच भएको सम्झौताअनुसार म्याद सकिएका तथा म्याद सकिन लागेका औषधि फिर्ता गर्नुपर्ने व्यवस्था रहे पनि सो प्रक्रिया पालना नगरी सार्वजनिक सम्पत्तिको हिनामिना तथा हानि–नोक्सानी भएको ठहर गरिएको छ।

    यस प्रकरणमा निजामती कर्मचारी अस्पतालका फार्मेसी युनिट इन्चार्ज, फार्मेसी अधिकृत दिपा ढुङ्गानासहित ८ जनालाई प्रतिवादी बनाइएको आयोगले जनाएको छ।

    अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम उनीहरूबाट २ करोड ९१ लाख ३४ हजार ५४७ रुपैयाँ बिगो कायम गरी कैद तथा बिगोबमोजिम जरिवाना असुलउपरको मागदाबी गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको जनाएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend